PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थप २८८ जनामा देखियो कोरोना संक्रमण



थप २८८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २८८ जना नयाँ कोरोना संक्रमित थिएका छन्। यससँगै नेपालभर कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

हाल देशभर २ हजार ६१५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा संक्रमण बढ्दै जाँदा पछिल्लो समय नेपालमा समेत संक्रमणको जोखिम  बढेको छ। जसकारण सरकारले धेरै भिडभाड हुने गतिविधिमाथि रोक लगाउने तयारी गरेको छ। साथै विद्यालय र कलेजहरु पनि बन्द गर्ने तयारी गरिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जना, प्रदेश २ मा १० जना, वाग्मती प्रदेशमा १४८ जना, गण्डकीमा ४० जना, लुम्बिनीमा ५७ जना, कर्णालीमा १३ जना र सुदूरपश्चिममा ४ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell