PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीन दल बैठक : नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा माओवादी सकारात्मक, जसपाले भन्यो 'छलफल गरेर निर्णय गर्छौं'



तीन दल बैठक : नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा माओवादी सकारात्मक, जसपाले भन्यो 'छलफल गरेर निर्णय गर्छौं'

काठमाडौं : नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कांग्रेसले नयाँ सरकार बनाउन गरेको प्रस्तावलाई तत्कालका लागि अस्वीकार गरेको छ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बैठकमा कांग्रेसले नयाँ सरकार गठनबारे प्रस्ताव राखेको थियो। देउवाले उक्त प्रस्ताव अघि सारेपछि यस विषयमा आफूहरुले छलफल नगरेको जवाफ दिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।

'काँग्रेसले आफ्नो अग्रसरतामा सरकार बनाउने भनेर प्रस्ताव गर्‍यो। हामीले यसबारेमा कुनै छलफल गरेका छैनौं। अब चाँडै छलफल गरि निर्णय गर्छौं,' उनले भने।

नेपाली कांग्रेसको केन्द्रीय समितिले यसअघि नै आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने निर्णय गरिसकेको छ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता समीकरणबारे छलफल भएको बताए। तीन दलको बैठकमा सभापति देउवाले केन्द्रीय समितिको निर्णय गरेझैं सरकार निर्माणको प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा माओवादी सकारात्मक देखिएको शर्माले बताए।  

जसपाले भने औपचारिक बैठकपछि निर्णय दिने भनेको उनले बताए। आज बसेको तीन दलको बैठक निकै सकारात्मक भएको भन्दै शर्माले अर्को बैठक चाँडै बस्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell