PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुन्ता सरकारको यातनाबाट बच्न बेर्मेलीहरु भारत पलायन हुँदै



जुन्ता सरकारको यातनाबाट बच्न बेर्मेलीहरु भारत पलायन हुँदै
Photo : BBC

फेब्रुअरी १ मा म्यानमारमा भएको सैन्य कू पछि त्यहाँ दैनिकरुपमा विरोध प्रदर्शन भइरहेको छ। जुन्ता सरकारको विरोधमा हजारौं सर्वसाधरण सडकमा ओलिएका छन्। सेना र प्रहरीसँगको मुठभेदमा ६०० जनाको मृत्यु भइसकेको छ। ४० भन्दा बढी बालबालिको समेत गोली लागि मृत्यु भइसकेको छ। हजारौंलाई सेनाले पक्राउ गरेको छ।

देशमा अस्थिरता बढ्दै जाँदा भारत र म्यानमारको सीमा क्षेत्रमा बसोबास गर्दै आएका बर्मेलीहरु पलायन हुने क्रम पनि बढ्दो छ। सयौंको संख्यामा मानिसहरु भारत तिर गइरहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले उल्लेख गरेका छन्। केही व्यक्तिहरु तेस्रोपटकको प्रयासमा भारत पुगेका छन् भने केही अझै प्रयासरत् छन्।

सैनिक जवानहरु नागरिकहरुको ‍घरमा जबरजस्ती पस्ने, शंका लागेमा पक्राउ गर्ने र मार्ने र महिलाहरुलाई बलात्कार गर्ने बढ्दै जाँदा म्यानमारबाट पलायन हुने क्रम बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell