PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अहिले सावधानी नअपनाए फेरि लकडाउन हुँदैन भन्ने ग्यारेन्टी छैन : प्रधानमन्त्री ओली



अहिले सावधानी नअपनाए फेरि लकडाउन हुँदैन भन्ने ग्यारेन्टी छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को सावधानीपुर्वक सामना गर्नुको विकल्प नभएको बताएका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको समयमा सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताएका हुन्।

ओलीले सचेतता अपनाईएन भने फेरि पनि लकडाउन हुनसक्ने समेत बताए।

भने,'लकडाउन गर्नै हुदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जादैछन्। हामीले पनि समयमै सचेतनता अपनाएनौ भने, सावधानी अपनाएनौ भने फेरि हामी लकडाउनमा पुग्दैनौ भन्ने कुनै ग्यारेन्टी हुँदैन। हामी आफै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौ किनभने ज्यान खतरामा हुन्छ।'

हाल विश्वमा कोरोनाको सेकेण्ड वेभ, थर्ड वेभ आईरहेको भभन्दै 'ती वेभ कसरी आउँछ ?' भनेर प्रश्न समेत गरे।

'त्यसले केही पनि बुझ्दैन। त्यो त यति सानो छ कि त्यसको बुझ्ने खालको गिदी हुँदैन। केही पनि बुझ्दैन त्यसले। सेकेण्ड वेभ पनि बुझ्दैन। थर्ड वेभ पनि बुझ्दैन। हामी जति छाडा हुन्छौ त्यत्ति चम्किन्छ। जति नियन्त्रित हुन्छौ त्यसले खुम्चिन बाध्य हुन्छ। त्यो सिद्धिन बाध्य हुन्छ। हाम्रो व्यवहारमा त्यो निर्भर हुन्छ' ओलीले भने।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा मास्क लगाउन छोडेकोले फेरि कोरोना सर्न सुरु भएको दाबी गरे। उनले अनुशासित भएमात्रै कोरोना नियन्त्रणमा आउने बताए।

ओलीले उद्योगीहरुलाई कोभिड १९ ले व्यापारमा केही गम्भीर धक्का पुर्‍याएको भएपनि सरकार सबै क्षेत्रमा सम्हालिएर अघि बढीरहेको र सफलता पनि प्राप्त गरेको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell