PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु



म्यान्मारमा सैनिक दमन : थप ८० प्रदर्शनकारीको मृत्यु
फोटो : Reuters

म्यान्मारमा पछिल्लो हिंसामा परी ८० जनाको मृत्यु भएको छ। त्यहाँको सैनिक कु विरुद्ध प्रदर्शनमा उत्रिएकाहरु सैनिक हिंसामा मारिएका हुन्। यङ्गुन नजिकैको बागो शहरमा भएको उक्त हिंसामा थप प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने आँकलन गरिएको छ।

किनकि त्यहाँको सैनिक सरकारले कहिले पनि हिंसामा मारिएका मानिसहरुको यकिन विवरण उपलब्ध नगराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ। पछिल्लो हिंसामा सेनाले ठुला र घातक खालका हतियारहरु प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन्।

म्यान्मारको हिंसामा परी ६ सयभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ भने कैयौं घाइते भएका छन्। म्यान्मारमा सेनाले सत्ता लिएसँगै बर्मालगायत क्षेत्रमा प्रदर्शन जारी रहेको छ। आङ साङ सुचीको दलले बहुमत प्राप्त गरेपछि त्यहाँको सेनाले सत्ता कब्जामा लिएको थियो। सुचीलाई गिरफ्तार गरी जेलमा राखिएको छ। अन्तर्राष्ट्रिय समुदायले उनको रिहाइ तथा प्रजातन्त्रको पुनर्वहालीको माग जारी राखेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell