PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विन्ध्यवासिनी म्युजिक अवार्ड: प्रकाशको 'फुटेको चुरा' उत्कृष्ट लोकदोहोरी भाका 



विन्ध्यवासिनी म्युजिक अवार्ड: प्रकाशको 'फुटेको चुरा' उत्कृष्ट लोकदोहोरी भाका 

काठमाडौं : विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको '११ ‌औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड 'सम्पन्न भएको छ।

अवार्ड समारोहमा गायक प्रकाश सपुतको 'फुटेको चुरा' ले सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अर्वाड जितेको छ। धु्रबप्रसाद अम्गाईको 'माया हे माया' बोलको गीत यसवर्षको उत्कृष्ट गीत घोषित भएको छ।

कार्यक्रममा बिबि अनुरागीले उत्कृष्ट संगीतकारको अवार्ड पाए भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेलले उत्कृष्ट एरेन्जरको अवार्ड जिते। त्यस्तै पप संगीततर्फ धन किरण गुरुङले सर्वोत्कृष्ट पप गायक र सिर्जना कार्कीको पप गायिकाको अवार्ड जित्न सफल भए।

११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। लोकप्रिय गायिका कुन्ती मोक्त्तानलाई नगद ५० हजार रुपियाँसहित संगीत साधना सम्मानबाट सम्मान गरियो।

गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगन गायनमा बाजी मारे। शिरिष देवकोटा र सरीता कार्की लोकदोहोरी उत्कृष्ट गायक गायिका र नवराज पन्त लोकदोहोरी रचना र  करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए।

आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्फको नव प्रतिभा पुरस्कार हात पारिन्। समारोहमा नायक नायिका पल शाह र अनु शाहले पपूलर अवार्ड जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell