PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित



कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे केन्‍द्रीय कार्यालयमा बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको मृत्यु भएका कारणले बैठक स्थगित गरिएको बताए। उनका अनुसार नयाँ मिति तय भएको छैन।

यसअघि शुक्रवारका लागि तोकिएको बैठकलाई आजलाई सारिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समिति डाकेका थिए।

आइतवार महाधिवशेन केन्द्रीत भएर कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता विवाद कायमै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell