PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सुकुटेमा बस र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु



सुकुटेमा बस र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुकुटेमा बस र मोटरसाइकल एक आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारीले जानकारी दिए।

काठमाडौंबाट दोलखाको लागि छुट्टेको बा ३ ख ९६५८ नम्बर को बस र सुकुटेबाट काठमाडौं आउँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकल एक आपसमा दुर्घटना भएको हो।

दुर्घटनामा सोम बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि रिफर गरिएको छ।

विपरीत दिशाबाट आएकोले दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell