PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादीका ४ प्रदेश सांसद पदमुक्त



सुमित मिश्र

प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादीका ४ प्रदेश सांसद पदमुक्त

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेको भन्दै पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो।

मण्डल धनुषा क्षेत्र नम्बर १को(ख) बाट निर्वाचित भएका हुन् भने कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख) बाट, ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३को (क)बाट निर्वाचित सांसद हुन। मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद थिए।

चारै जनाले दल त्याग गरेको पत्र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई बुझाएपछि उनीहरुलाई पदमुक्त गरिएको प्रदेशसभा सचिव रञ्जित यादवले बताए। यादवले भने, ‘योसँगै उनीहरूको सांसद पद समेत गुमेको छ। अब उनीहरुले लिरहेका सेवा सुविधाहरु बन्द हुनेछ।’

चारै सांसदलाई २ दिनअघि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। तर स्पष्टीकरण नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एक जना प्रदेशसभा सदस्यले जानकारी दिए।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना मात्रै रहने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell