ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ सेनाको विमानहरु प्रवेश गरेको बताएको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार २५ वटा विमान र आणविक हतियार बोक्न सक्ने चारवटा बमबरहरु सहित प्रवेश गरेको जनाएको हो।
चीनले ताइवानलाई आफ्नै भूमि मान्दै आएको छ। ताइवानले भने आफूहरु स्वतन्त्र रहेको दाबी गर्दै आएको छ। ताइवानको दाबीमा अमेरिकाले साथ दिँदै आइरहेको छ।
चिनियाँ विमा प्रवेश गरेपछि ताइवानले ती विमानलाई फिर्ता जान चेतावनी दिएको थियो। ती विमानहरुको गतिविधि नियाल्न मिसाइल सिस्टम नै प्रयोग गरिएको थियो।