भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनलाई मध्य नगर गर्दै आइप्रोफाइल रोड शोहरु भइरहेका छन्। केही क्षेत्रमा मतदान सकिएपनि केही क्षेत्रमा अझै निर्वाचन हुन बांकी छ।
यसबिच दार्जिलिङ शहरमा राजनीतिक नेतृत्व केन्द्रित भएका छन्। चुनावी प्रचारप्रसार कै क्रममा दार्जिलिङ पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले भारत विकासको पथमा अघि बढेपनि दार्जिलिङ भने पछाडि परेको बताएका छन्।
ढाका टोपी लगाएर सम्बोधन गरेका शाहले कांग्रेस, कम्युनिष्ट र दिदी (ममता बनर्जी) ले दार्जिलिङको विकासमा पूर्ण विराम लगाएको आरोप लगाएका हुन्।
त्यसै क्रममा उनले देश धेरै अगाडि बढेपनि दार्जिलिङ जहिंको त्यहीं नै रहेको बताएका हुन्।
शाहले दार्जिलिङको चियाबगानहरुमा कार्यरत श्रमिकहरुको पारिश्रमिकमा ३५० भारतीय रुपैयाँ वृद्धि गर्ने र पानीको समस्या कम गर्न ६०० करोड रुपैयाँ दिने समेत घोषणा गरेका छन्। साथै उनले उत्तर बंगालमा केन्द्रीय विश्वविद्यालय निर्माण गर्ने समेत बताए।
आजादी के बाद से कांग्रेस, कम्युनिस्ट और दीदी(ममता बनर्जी) ने दार्जिलिंग के विकास पर पूर्ण विराम लगा दिया है। देश बहुत आगे निकल गया, मेरा दार्जिलिंग वहीं का वहीं रह गया: पश्चिम बंगाल के दार्जिलिंग में केंद्रीय गृह मंत्री अमित शाह #WestBengalElections2021 pic.twitter.com/JTBl5xj49l
— ANI_HindiNews (@AHindinews) April 13, 2021