काठमाडौं : आजबाट विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको छ। नयाँ वर्षको पहिलो दिनबाट शोभाभगवतीबाट सरसफाइ अभियान सुरु भएको हो।
बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले नदी सफा गर्न थालेका हुन्। हेरक महिनाको अन्तिम शनिवार विष्णुमती नदी सरसफाई अभियान संचालन हुनेछ।
संघीय सांसद जीवनराम श्रेष्ठको विशेष पहलमा सरसफाइ अभियानको सुरुवात हुने भएको हो।
विष्णुमति नदी प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको श्रेष्ठले बताएका छन्। त्यसैले विष्णुमति वरिपरीको वातावरणलाई स्वच्छ राख्न र यहाँको सभ्यताको संरक्षण गर्न अभियान सुरु गरिएको उनले बताए।
विष्णुमती नदीको उद्गम स्थल बुढानिलकष्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ।