PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने



अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने
PHOTO: DAVID FURST/AFP/GETTY IMAGES

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन्।

तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल थियो। पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको थियो। अहिले भने बाइडेन प्रशासनले ट्रम्प प्रशासनले गरेको निर्णय अनुसार नै सेना फिर्ता गराउने प्रक्रिया सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell