PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

अनुश्मा रायमाझीले हात पारिन् ‘मिस इको एसिया’ उपाधि



अनुश्मा रायमाझीले हात पारिन् ‘मिस इको एसिया’ उपाधि

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’ अन्तर्गत मिस इको एसियाको  उपाधि नेपालकी अनुश्मा रायमाझीले हात पारेकी छन्।

काठमाडौंमा आयोजित कार्यक्रमबिच आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिँदै उनले प्रतियोगितामार्फत आफूले देशलाई समेत चिनाउन सकेको बताइन्। साथै नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको उनले सुनाइन।

‘प्रतियोगिताबाट मैले धेरै देशको संस्कृतिबारे सिक्ने र जान्ने मौका पाए। यो मेरो पहिलो शुरुवात हो र यही क्षेत्रमा म केहि गर्न चाहन्छु,' उनले बताइन्।

साथै विदेशमा नेपाललाई माउण्ड एभरेस्ट, बुद्धको देश र जैविक विविधताको भरिपूर्ण देशको रुपमा चिन्ने गरेको अनुभव सुनाइन्।

कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धी हासिल गरेको बताइन्।

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो। २१ वर्षीया रायमाझीले कार्यक्रममा नेपालको सांस्कृतिक पोशाक, संस्कृति र पर्यटकीय स्थानको भिडियो प्रस्तुत गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell