PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दृश्यमा कोरोना र राजनीतिले सताएको वर्ष २०७७

दृश्यमा कोरोना र राजनीतिले सताएको वर्ष २०७७


आज वि सं २०७८ को पहिलो दिन। कोरोना संक्रमणको जोखिमबिच विभिन्न कार्यक्रम गरि नयाँ वर्षको स्वागत गरिँदैछ।

वि सं २०७७ पनि कोरोना भाइरसको संक्रमणको चुनौतीमा नै बित्यो। २०७६ साल चैतदेखि लागू भएको लकडाउनको असर २०७७ सालभार रह्यो। सबै क्षेत्र महामारीका कारण प्रभावित बने। महिनौंसम्म नागरिकहरु घरभित्र थुनिए। बिचमा संक्रमण घटेपनि अहिले फेरि संक्रमणको अवस्‍था बढ्दो छ।

बितेको वर्ष राजनीतिक रुपमा पनि अस्थिर रह्यो। बैशाखदेखि नै सुरु भएको राजनीतिक विवाद वर्षको अन्त्यसम्म रह्यो। प्रतिनिधिसभा विघटन र पुनर्स्थापना, एकता भएको नेकपा एमाले र नेकपा माओवादी ब्युँतिनु, नेपालको नयाँ नक्सा जारी हुनु लगायतका विषयले संक्रमणको जोखिमलाई नै ओझेलमा पारेको थियो।   

लकडाउनको समयमा सुरक्षा दिँदै प्रहरी
लकडाउनले प्रभावित बनेकाहरुलाई खुलामञ्चमा खाना खुवाइँदै
सरकारविरुद्ध इनफ इज इनफले आयोजना गरेको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रहार गर्दै
कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कार पूर्व सलामी दिइँदै
बुंग द्य: रातो मछिन्द्रनाथको रथयात्राका क्रममा प्रहरी र स्थानीयबिचको झडप
ओली सरकारविरुद्ध प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभा
दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको जनप्रदर्शन
ओली सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै प्रचण्ड नेपाल समूह
रानीपोखरी उद्घाटन गर्दे राष्ट्रपति विद्यादेवी भण्डारी
फास्ट ट्रयाक लगायत अन्य परियोजनाले विस्थापित हुने भन्दै भएको प्रदर्शनमा खोकनामा प्रहरी र स्थानीयबिचको झडप
माउन्ट के टू आरोहण गरि फर्किएको नेपाली टोली
बलात्कारका बढ्दो घटनाविरुद्ध प्रदर्शनमा सहभागी युवती
इचंगुमा तिहारको लागि सयपत्री फूल संकलन गर्दै
वृहत नागरिक आन्दोलनले आयोजना गरेको महिला मार्च
नगरकोटको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न प्रयास गरिँदै
प्रतिनिधिसभा विघटनविरुद्ध बिजुलीबजारमा निकालिएको मसाल जुलुस
प्रतिनिधिसभाको पक्षमा रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर समर्थन सभामा सहभागी विद्यार्थी
जिल्थुङमा आयोजना गरिएको क्रस कन्ट्री रेसमा सहभागी हुँदै महिलाहरु
लकडाउनको समयमा सुनसान पाटन दरबार क्षेत्र
सरकार र विप्लव माओवादीको सम्झौता हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविप्लव चन्द
वि सं २०७८ को पहिलो सूर्योदय


ट्रेन्डिङ पोस्ट

Ncell