PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई फ्रान्सको आग्रह : तत्काल पाकिस्तान छाड्नुस्



पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई फ्रान्सको आग्रह : तत्काल पाकिस्तान छाड्नुस्
Photo : EPA

फ्रान्सले आफ्ना नागरिकहरुलाई पाकिस्तान छाड्न आग्रह गरेको छ। पाकिस्नमा फ्रान्सविरुद्ध प्रदर्शन बढ्दै गएपछि यस्तो आग्रह गरिएको बीबीसीले उल्लेख गरेको छ। अवस्था बिग्रिँदै गएपछि फ्रान्सेली दूतावासले प्रदर्शन बढ्दै गएको र पाकिस्तानमा फ्रान्सेलीहरु सुरक्षित हुन नसक्ने भन्दै तत्काल पाकिस्तान छाड्न भनेको हो। 

प्रोफेट मोहम्मदको कार्टन देखाउनु पर्ने वकालत गरेपछि गत महिनादेखि पाकिस्तानमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीसँगको मुठभेडका क्रममा दुई प्रहरी अधिकारीको यही हप्ता मृत्यु समेत भएको थियो।

गत अक्टोबरमा फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले वाक स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने बताएका थिए। फ्रान्समा मोहम्मदको कार्टनु देखाउने एक शिक्षाको हत्या गरिएपछि माक्रोनको प्रतिक्रया आएको थियो।

त्यसपछि मुसलिम बाहुल्य राष्ट्रहरुले फ्रान्सेली राष्ट्रपतिको भनाइको विरोध गरेका थिए। पाकिस्तानमा फ्रान्सेली सामानहरु बहिस्कार गर्ने अभियान नै सुरु भएको थियो।

फ्रान्सको विरोध भइरहँदा पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नुपर्ने माग गरेका तारिक ए लबइक (टीएलपी) पाकिस्तानका नेता सद हुसैन रिजवीलाई प्रहरीले पक्राउ गरेपछि प्रदर्शन उग्र बनेको हो।

टीएलपीलाई प्रतिबन्ध लगाउने उद्देश्यले रिजवीलाई पक्राउ गरिएपछि हजारौं समर्थक आन्दोलित भएका थिए। प्रहरीसँगको झडपका क्रममा धेरैजना घाइते भए। प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चलाउनुका साथै अश्रु ग्यास र पानीको फोहोरा समेत प्रहार गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell