PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

३७ वर्षअघि पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति पाटनमै फिर्ता ल्याइयो



३७ वर्षअघि पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति पाटनमै फिर्ता ल्याइयो

काठमाडौं : पाटनबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति आज पाटन दरबार क्षेत्र पुर्‍याइएको छ। केही दिअघि मात्रै उक्त मूर्ति नेपाल फिर्ता ल्याइएको थियो।

बिहीबार एक कार्यक्रमकाबीच अमेरिकी दूतावासका प्रतिनिधिले सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो।

मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले खुसी व्यक्त गरेका छन्। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार, डल्लास म्युजियम, पुरातत्व विभागलगायतको संयुक्त प्रयासमा मूर्ति फर्काउन सफल भएको उनले बताए।

हाल उक्त मूर्तिलाई संग्रहालयको भण्डार कोठामा सुरक्षित साथ राखिनेछ। केही समयपछि मूर्तिलाई मन्दिरमा नै प्रतिस्थापन गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell