PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

संसदीय सुनुवाईमा सिफारिसमा परेका न्यायाधीशहरुलाई 'सेटिङ' बारे प्रश्नैप्रश्न



संसदीय सुनुवाईमा सिफारिसमा परेका न्यायाधीशहरुलाई 'सेटिङ' बारे प्रश्नैप्रश्न

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई भइरहेको छ।

सुनुवाईका क्रमा प्रस्तावित न्यायाधीश डा कुमार चुडाललाई सांसदहरुले न्यायालयमा हुने 'सेटिङ' बारे प्रश्न सोधेका छन्। सांसदहरुले न्यायालयले अनावश्यक सक्रियता बढाएको  र दल तथा संसदको अधिकार मिचिरहेको भन्दै प्रश्न गरेका थिए

त्यससक्रममा चुडालले अदालतमाथि प्रश्न‌ उठ्नु चिन्ताको विषय भएको भन्दै आफू सेटिङमा नलाग्ने र प्रश्नको जवाफ खोज्दै गल्तीहरुलाई सुधार गर्ने बताए।

साथै उनले बेन्च सेटिङ ठिक कुरा नभएको भन्दै जवाफ फर्काए।

'न्यायालयमा भ्रष्टाचार त हुन्न भन्ने बेला बेन्च सेटिङको ठुलो सन्दर्भ हो । सेटिङ भयो भने उपचार गर्नुपर्छ। बेन्च सेटिङका सन्दर्भमा सर्वोच्चमा प्रधानन्यायाधीश ले तोक्छ । उच्चमा मुख्य न्यायाधीशले मुद्दा तोक्छ । मुद्दा तोक्ने सम्बन्धमा अटोमोसनका लागि सफ्टवेयर निर्माणमा लागिरहेका छौ। प्रणालीमा जान्छौं। त्यसकालागि सुझाव र कानुन चाहियो' चुडालले भने।

उनले सांसदहरुले उठाएको चिन्ता जायज भएको भन्दै त्यसलाई प्रधानन्यायधीश समक्ष पुर्‍याउने समेत बताए।

'विकास गर्दा अदालत बाधक बन्नु हुन्न। म सचेत छु। म करेक्ट जज हुन चाहन्छु। निर्मम भएर सुधार्नुपर्छ। अदालत सस्तो छ। कानुन व्यवसायीको फिस महंगो। मापद्ण्ड बनाउन सकिन्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell