काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
आज संसदीय सुनुवाईपछि सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र डा कुमार चुडालको नाम अनुमोदन गरिएको हो।
सुनुवाईका क्रमा प्रस्तावित न्यायाधीशहरुलाई सांसदहरुले न्यायालयमा हुने सेटिङ, सम्पत्ति विवरण लगायतका विषयमा प्रश्न सोधेका थिए।