PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया



'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया

काठमाडौं : नियात्राकार घनश्याम राजकर्णिकारको बाल नियात्रा 'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

हालै प्रकाशित किताबमाथि काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्क्रिया भएको हो। राजकर्णिकारले 'यात्रा अमेरिकाको : माया नेपालको' मुल कृतिलाई बालसंस्करणको रुपमा पुनर्लेखन गरी बालयात्रा कृति ल्याएको बताए।

अमेरिकामा बस्दै आएकी नातिनी हृदयषाका कारणबाट 'घामै प्यारो, आमै प्यारो' कृतिको जन्म भएको राजकर्णिकारले बताए। 'मेरी श्रीमतीले बेलाबेला अमेरिका जाउ भनेता पनि म गएको थिइनँ। तर नातिनीको मायाले तानिएर म अमेरिका गएँ। त्यही अमेरिका भ्रमणको यात्रालाई बालकृतिको रुपमा ल्याएको छु,' उनले भने।

अमेरिका जति विकसित र सुन्दर भएता पनि अन्तिममा आफ्नै देश र आमा प्यारो हुन्छ भन्ने सन्देश बालकृतिको रहेको बताइएको छ।

बालवाङ्मय तथा अनुसक्धान केन्द्रले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सस्थाका अध्यक्ष प्रमोद प्रधान चर्चित कवि तथा समालोचक महेस पौडेल, बालसाहित्य सर्जक अनन्त वाग्ले र समालोचक कृष्णप्रसाद दाहालले पुस्तकमाथि समीक्षा गरेका थिए। नियात्रा समाजका अध्यक्ष प्रतिक ढकालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कृतिमाथि विविध चर्चासमेत गरिएको थियो। राजकर्णिकारले ८ ‌ओटा बाल नियात्रा कृति ल्याइसकेका छन्। विवेक सिर्जनशिल प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell