PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

बालुवाटारमा सर्वदलीय बैठक बस्दै



बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी उनले बैठक बोलाएका हुन्। ओलीले टेलिफोनमार्फत विभिन्न दलका शीर्ष नेतालाई बैठकमा निम्ता दिएका छन्।

प्रतिनिधि सभा विघटन र प्रतिनिधि सभा पुनर्स्थापनापछि राजनीतिले नयाँ कोर्स लिने क्रम जारी छ। नयाँ सरकार गठनमा विपक्षी दलहरुको प्रयास जारी राखेकै बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell