PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिँदै



राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिँदै
Photo : SKY NEWS

बेलायती महारानी एलिजाबेथ द्वितीयकी श्रीमान् राजकुमार फिलिपको आज अन्तिम संस्कार हुँदैछ। विन्डसर कासलमा रहेको सेन्ट जर्जेज च्यापलमा साँझ उनको अन्तिम संस्कार हुने बीबीसीले उल्लेख गरेको छ।

९९ वर्षीय राजकुमारको एक साताअघि निधन भएको थियो।  

कोरोना संक्रमणका कारण लागू गरिएको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै  अन्तिम संस्कारमा भिडभाड नगर्न आग्रह गरिएको छ। हाल बेलायतमा ३० जनाभन्दा बढी भेला हुन रोक लगाइएकोले अन्तिम संस्कारमा समेत ३० जनामात्रै सहभागी हुने बताइएको छ। स्वास्थ्य प्रोटोकलका कारण राजपरिवारका सबै सदस्य समेत कासलमा उपस्थित नहुने जनाइएको छ। अन्तिम संस्कारको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनेछ।

अन्तिम संस्कारमा बेलायती महारानी, छोरा प्रिन्स चार्ल्स र उनको परिवार र अन्य केही नातेदारमात्रै उपस्थित हुनेछन्। बेलायती राजपरिवारको वरिष्ठ सदस्यको जिम्मेवारी त्यागेका राजकुमार ह्यारी समेत अन्तिम संस्कारमा सहभागी हुनेछन्‍।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell