PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

राउल क्यास्ट्रोद्वारा क्युबाको कम्युनिष्ट पार्टीको प्रमुखबाट राजीनामा दिने घोषणा



राउल क्यास्ट्रोद्वारा क्युबाको कम्युनिष्ट पार्टीको प्रमुखबाट राजीनामा दिने घोषणा
Photograph: Ariel Ley Royero/ACN/AFP/Getty Images

राउल क्यास्ट्रोले क्युबाको कम्युनिष्ट पार्टीका प्रमुखबाट राजीनामा दिने घोषणा गरेका छन्। शुक्रवार पार्टी कंग्रेसको बैठकमा ८९ वर्षीय क्यास्ट्रोले नेतृत्व हस्तान्तरणको घोषणा गरेका हुन्।

यससँगै क्यास्ट्रो परिवारले ६ दशकदेखि नेतृत्व गर्दै आइरहेको पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण हुने भएको छ। सन् १९५९ को जनक्रान्तिपछि क्यास्ट्रो परिवारले क्युबाको सत्रा संचालन गर्दै आइरहेको थियो।

फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको क्रान्तिपछि उनले नै क्युबाको सत्ता संचालन गर्दै आइरहेका थिए। अस्वास्थ्ताका कारण फिडेलले राउललाई सन् २०११ मा राष्ट्रपति पद हस्तान्तरण गरेका थिए। सन् २०१६ मा फिडेलको निधन भएको थियो। त्यसको दुई वर्षपछि राउलले पनि राष्ट्रपति पद अर्को पुस्तालाई हस्तान्तरण गरेका थिए। यद्यपि, उनले नै पार्टी नेतृत्व सम्हाल्दै आएका थिए।

यही कंग्रेसको बैठकले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

क्यास्ट्रोले नयाँ नेतृत्वमा कसलाई समर्थन गर्ने भनेर खुलाएका छैनन्। ६० वर्षीय मिगुल डिएन कानेल क्युबाको कम्युनिष्ट पार्टीको नयाँ नेता चयन हुन सक्ने बताइएको छ। सन् २०१८ मा राउल क्यास्ट्रोको उत्तारधिकारिको रुपमा कानेल राष्ट्रपति बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell