PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बस्दै



पेरिसडाँडामा माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं : माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने र पार्टीले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल हुने उनले बताए। पछिल्लो पटक माओवादीले केपी ओलीको सरकारको विकल्प खोजिरहेको छ। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। यस सन्दर्भमा कांग्रेस, जसपालगायतका दलहरुले प्रश्न उठाइरहेको पनि छ।

आजको बैठकले यससम्बन्धी निर्णय गर्न सक्ने साहले बताए। 'आजको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्ने छ। सरकारलाई दिएको समर्थन आजै नभए केन्द्रीय कमिटी बैठक बोलाएर फिर्ता हुन्छ। अब त फिर्ता नलिइ सुखै छैन,' साहले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell