PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै



नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। आइतवारका लागि तोकिएको केन्द्रीय समिति अन्तिम अवस्था आएर स्थगित भएपछि बैठक आज बस्ने भएको हो।

बैठकमा दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक पटक स्थगित भएको थियो। २७ गते सभापति शेरबहादुर देउवा निवासमा सरकारको नेतृत्व लिनेबारे तीन दलको बैठक डाकेकाले केन्द्रीय समिति रोकिएको थियो। स्थगित बैठक ३० गतेका लागि तोकिएको थियो। उक्त दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई भ्रातृ शोक परेकाले बैठक स्थगित भएको थियो।

पटकपटक स्थगित भइसकेको कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। यद्यपि केही जिल्लाको क्रियाशिल सदस्य विवाद अझै टुंग्याएको छैन। समायोजन विवाद कायमै छ। सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिले आज विवाद टुंगिने अपेक्षा गरेको जनाएको छ।

यसैगरी केन्द्रीय समितिमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ। यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो।

आजको बैठकमा सरकारले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको विषयमा पनि कांग्रेसले धारणा बनाउने प्रवक्ता शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell