PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

दिल्लीमा एक साता लकडाउन, पसलमा मदिरा किन्नेको घुइँचो



दिल्लीमा एक साता लकडाउन, पसलमा मदिरा किन्नेको घुइँचो
Photo : ANI

भारतको राजधानी नयाँ दिल्लीमा आज राति १० बजेदेखि एक साता लकडाउन घोषणा गरिएको छ। कोरोना भाइसको संक्रमण बढ्दै गएकोले अप्रिल २६ (वैशाख १३) गतेसम्म 'कोरोना लकडाउन' घोषणा गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताए।

दिल्लीका उपराज्यपाल अनिल बाइजलसँगको छलफलपछि केजरीवालले लकडाउन घोषणा गरेका हुन्।

दिल्ली सरकारले अप्रिल १६ देखि अप्रिल १९ सम्म राति १० बजेदेखि ६ बजेसम्म कर्फ्यू लागू गरेको थियो।

दिल्लीमा लकडाउन घोषणा गरिएसँगै मदिर पसलहरुमा मानिसहरुको घुँइचो लागेको छ। दिल्लीका शहरी क्षेत्रमा रहेका मदिरा पसलहरुमा लाइन लागेर मदिरा किन्न गाह्रक ओर्लिएको स्थानीय संचारमाध्यमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell