PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसको मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ : प्रकाशरशण महत



कांग्रेसको मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ : प्रकाशरशण महत

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी अब आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा उनले आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका हुन्।

'हाम्रो मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ। काँग्रेस एक्लैले जित्ने गरि अघि बढ्नुपर्छ। यसमा नेविसंघ अघि बढ्नुपर्छ' उनले भने।

नेपाली जनताले कम्युनिस्टलाई चुनेर पठाएपनि कम्युनिष्ट सरकारले काम गर्न नसकेको महतले दाबी गरे। उनले केपी शर्मा ओली सरकारको विकल्प आवश्यक भइसकेको समेत बताए।

'कम्युनिस्ट सरकारको विकल्प आवश्यक भइसक्यो। तर हामीसँग संख्या छैन। संख्या पुग्ने बित्तिकै हामी विकल्पमा अघि बढ्छौं' उनले भने।

जनताको अभिमतबाट कम्युनिस्ट सरकारलाई सत्ताबाहिर राख्नुपर्छ भन्दै महतले कम्युनिष्टलाई सदाकालागि पराजित गर्नुपर्ने बताए।

'यो देशमा कहिल्यै कम्युनिस्टले नजित्ने गरि फाल्नुपर्छ। हामीले जनतालाई बुझाउन सकेको छैन। कही नभएको जात्रा हाडीगाउँमा भने झैँ भइरहेको छ नेपालमा,'उनले भने।

उनले पार्टीको विद्यार्थी समूह सक्रिय हुन नसकेको समेत बताए। कोभिड १९ का कारण युवा बढी प्रभावित भएका भन्दै उनले नयाँ कोभिड भेरियन्टले पनि देखिएकाले सतर्कता अपनाउ आग्रह गरे।

महतले पार्टीमा भागवण्डाका कारण नै नेविसंघको अधिवेशन रोकिएको समेत बताए।

'नेविसंघमा अर्को नेतृत्व त आयो नि। पार्टीमा भागभण्डाले नेविसंघको अधिबेशन रोकिएको हो। अब ३२ वर्ष मुनिको आउँछ नेतृत्व। २/२०० को भए पनि केन्द्रीय समिति बनाउ भनेर मैले भनेको छु। नेताहरु पनि तयार छन्। त्यो भयो भने नेविसंघले गति लिन्छ' उनले भने।

महतले अब नेविसंघमा सदस्यता बनाउने अभियान चलाउनुपर्ने भन्दै झगडा गर्न नहुनेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell