PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेता नै सिमेन्टको बनाइदिम्, लौ त गर फ्लोर क्रस!



रवीन्द्र मानन्धर

नेता नै सिमेन्टको बनाइदिम्, लौ त गर फ्लोर क्रस!

विकास भनेकै समृद्धि हो, समृद्धि भनेकै सिमेन्ट। सिन्धुलीबाट सुरु भएको सिमेन्टका रुख बनाउने अभियानले देशालाई समृद्ध बनाइसकेको छ। सिमेन्ट र फलाम उद्योग प्रवर्द्धनमा यो भन्दा ठूलो योगदान के? रुख ढालेरै भए पनि कंक्रिट ठड्याउनु पर्छ। भ्यू टावरले देश समृद्ध भइसकेपछि रुख काटेर  सिमेन्टका रुख नउमारी के गर्नु त? सिमेन्टको रुख नढल्ने, सदाबहादर पात र फल लागिरहने भएकाले आएन त स्थायी विकास? त्यही भएर भनेको नि - नेता नै सिमेन्टको बनाउने हो भने सबै टन्टै सकिन्थ्यो। न फ्लोर क्रस हुन्थ्यो, न सरकार ढाल्ने प्रयास! स्थायित्व दिने हो भने अब नेताजी नै सिमेन्टको बनाइदिम् न। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell