PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चोरी भएको ५२ वर्ष पछि चापागाउँ फर्कियो बज्रबाराही माईको मूर्ति



चोरी भएको ५२ वर्ष पछि चापागाउँ फर्कियो बज्रबाराही माईको मूर्ति
तस्विर : राष्ट्रिय संग्रहालय

काठमाडौं : चापागाँउबाट ५२ वर्ष अगाडि चोरी भएको श्री बज्रबाराही माईको मूर्ति मन्दिरमा फिर्ता ल्याइएको छ।

छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको मूर्तिलाई आज सिन्दुर जात्रा गर्दै मन्दिरमा प्रतिस्थापन गरिएको हो।

चोरी भएको मूर्ति नेपाल प्रहरीले बरामद गरेको थियो। त्यसपछि उक्त मूर्ति राष्ट्रिय संग्रहालयको संरक्षणमा रहेको थियो।

कानुनी प्रक्रिया पूरा गरि नेपाल सरकार पुरातत्व विभागको निर्णय बमोजिम गोदावरी नगरपालिकाका मेयर तथा उपमेयर, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि र खः गुठीयारका गुठीयारको उपस्थितिमा आज संग्रहालय प्रमुख जयराम श्रेष्ठज्यूले खः गुठीलाई सो मूर्ति विधिवत रुपमा हस्तान्तरण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell