PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने



भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने
Photo : Getty Images

भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।र

पछिल्लो दुई महिनायता भारतमा संक्रमितको संख्या बढ्दै जाँदा १८ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउने निर्णय गरिएको हो। मे १ देखि उक्त उमेत समूहभन्दा माथिका सबैलाई खोप प्रदान गरिनेछ।

हाल भारतमा खोपको अभाव रहेको बेला युवाहरुलाई लक्षित गर्दै खोप अभियान संचालन गरिएको हो। लक्षित समूह सबैलाई खोप पुग्ने अवस्था कम रहेको बताइन्छ। भारतमै खोप अभाव हुँदा त्यहाँ उत्पादित खोप बाहिर निर्यात हुन सकेको छैन। खोप नहुँदा केही देशमा दोस्रो चरणको खोप अभियान प्रभावित भएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell