PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह अदालत जाने



ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह अदालत जाने

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण विरुद्ध अदालत जाने भएको छ।

नेपाल समूहका संघका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई ओलीले मंगलवार संसदबाट किन नहटाउने? भन्दै स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरणविरुद्ध अदालत जाने तयारी भएको नेपाल समूहका एक नेताले बताए। ह्वीप उल्लंघन नगरेको र संसदीय दल विरुद्ध कुनै गतिविधि नगरेकाले स्पष्टीकरण सोध्नु पार्टी विधान विपरीत भएको नेपाल समूहको दाबी छ।

नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले विधान विपरीत स्पष्टीकरण सोधिएको बताए। 'पार्टीको विधान अनुसार हामीलाई स्पष्टीकरण सोधिएको छैन। त्यसैले यो गैरकानुनी कामका लागि अदालत जानुपर्ने भएको छ,' उनले भने।

समानान्तर गतिविधि गरेकै आधारमा संसदीय दलले संसद पदबाट हटाउन नसक्ने नेपाल समूहको दाबी छ। मंगलवार साझ बानेश्वरमा भएको नेपाल समूहका सांसदहरुको भेलाले पनि ओलीले सोधेको स्पष्टीकरणलाई कानुनी चुनौती दिने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell