PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?



सुपर लिग किन हुँदैछ सुपर फ्लप ?
Photo : Charlotte Wilson / Offside via Getty Images

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ।

एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड विक कम्पिटिसन्'का रुपमा अघि बढाउने तयारी रहेको थियो। यसमा सहभागी हुने संस्थापक सदस्यहरुले करोडौं डलर पाउने निश्चित हुन्छ।

सुपर लिग लामो समयदेखि बहसमा आएको प्रतिस्पर्धा हो। जसमा युरोपका अधिकांश शीर्ष क्लबहरु समावेश थिए।

आइतवार १२ क्लबहरुले यूईएफएलाई चुनौती दिनेगरी आफ्नै लिग 'सुपर लिग' को घोषणा गरेका थिए। उनीहरुले थप तीनवटा स्थायी सदस्य र अन्य पाँच वटा टिम गरी २० वटा टिमको लिग गराउने तयारी गरेका थिए। सुपर लिगको अध्यक्षमा स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज रहेका छन्। उनले कोभिड महामारीका बीच फुटबलको खराब अवस्थाका कारण सुपर लिगको घोषणा गरेको जनाएका छन्।

इङ्ग्ल्याण्ड, इटली र स्पेनका महत्वपूर्ण क्लबहरुले अहिलेको फुटबलको खराब अवस्थाको समाधान खोज्नुपर्ने नै थियो,' उनले भनेका छन्, 'त्यसैले हामी मिडविकमा च्याम्पियन्स लिगको सट्टामा सुपर लिग निर्माण गर्ने निष्कर्षमा पुगेका हौँ।'

यद्यपि, फ्रेन्च क्लब पीएसजीले सुपरलिगले सबैलाई नसमेट्ने भन्दै सुपरलिगमा जान तयार नभएको जनायो भने जर्मन क्लब बायर्न म्युनिखले पनि आफ्ना समर्थक र बोर्ड सदस्यले सुपर लिगलाई रिजेक्ट गरेको जनाएको थियो।

सुपरलिगको आलोचना समर्थकमा मात्र सीमित छैन। फुटबलको शीर्ष निकाय फिफादेखि यूईएफएहुँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसम्मले यसको आलोचना गरिसकेका छन्। युरोपियन मिडियाहरुले सुपर लिगलाई 'सुपर फ्लप' को संज्ञा समेत दिएका छन्।

प्रिमियर लिगले विज्ञप्ति निकाल्दै सुपर लिगले खुला प्रतिस्पर्धाको अवधारणालाई बिगार्ने भन्दै भर्त्सना गरेको छ। त्यस्तै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सुपरलिगमा सहभागी हुने क्लबलाई कडा कारवाहीको चेतावनी दिएका छन्। अझ यूईएफका अध्यक्षले सुपर लिगमा सहभागी हुने खेलाडीलाई अलेक्सेन्डर केफेरिन्ले युरो कप र विश्वकपमा प्रतिबन्ध लगाउने सम्मको चेतावनी दिएका थिए।

यो सँगै इङ्ग्ल्याण्डका सबै क्लबहरुले सुपरलिगबाट आफ्नो नाम फिर्ता लिएका थिए। त्यस्तै क्लबहरुले माफी समेत मागेका थिए। इटालियन क्लब एसी मिलान र इन्टर मिलान पनि नाम फिर्तालिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell