PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह



ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो।

नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट स्रोतले जनाएको छ।

नेपाल समूहले प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणबारे एक रुपको धारणा बनाउन मंगलवार सांसदहरुको भेला गरेको थियो। उक्त भेलाले ओलीलाई चुनौति दिन अदालत जाने निष्कर्श निकालेको थियो। ओलीले कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप नमान्ने ५ र संघका २७ जना गरी ३२ जना सांसदलाई सांसदबाट किन ननिकाल्ने भन्दै प्रश्न गरेका थिए।

नेपाल समूहका सांसदले भने आफूहरुलाई सोधिएकाव स्पष्टीकरण पार्टीको विधान विपरित भएको दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell