PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेरियटबाट निस्किँदै माधव नेपाल : कुराकानीमा कुनै प्रगति भएको छैन



मेरियटबाट निस्किँदै माधव नेपाल : कुराकानीमा कुनै प्रगति भएको छैन

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन्।

ओलीसँग दुई घण्टा वार्तापछि होटल मेरियटबाट निस्किने क्रममा सञ्चारकर्मीसँग नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताए।

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णय मान्न नेपाललाई आग्रह गरे। त्यसलाई अस्वीकार गर्दै एमाले २०७५ जेठ २ मा फर्किनुपर्ने अडान नेपालले राखे। त्यसलाई ओलीले अस्वीकार गरे। अनि वार्ता सफल नभएको नेताहरुको भनाइ छ।

नागपोखरीस्थित मेरियट होटलमा दुई घण्टा लामो वार्तामा ओली र नेपालले नवनिर्मित धराहराको अवलोकन भेटघाट कक्षको झ्यालबाट गरेका थिए। वार्ता सकिएसँगै प्रधानमन्त्री ओली होटलबाट पहिला निस्किएका थिए। नेता नेपाल भने होटलभित्र प्रधानमन्त्रीका दूत उद्योग राज्य मन्त्री मोतिलाल दुगडसँग केहीबेर छलफल गरेर निस्किएका हुन्।

बुधवार पनि ओली र नेपालबिच दुई घण्टा वार्तामा सहमति हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell