PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपालसँगको भेटपछि ओली बालुवाटारमा मन्त्रिपरिषद्को बैठकमा



नेपालसँगको भेटपछि ओली बालुवाटारमा मन्त्रिपरिषद्को बैठकमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमा/ नेपालसँगको भेट पछि सोझै मन्त्रिपरिषद बैठक सुरु गरेका छन्।

बालुवाटारमा आज मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो। त्यसअघि ओलीले नेपालसँग नागपोखरीस्थित होटल मेरियटमा २ घण्टा छलफल गरेका थिए। छलफल भने विना निष्कर्ष सकिएको नेपालले प्रतिक्रिया दिएका थिए।

बुधवार र बिहीवार गरि दुई दिन ओली-नेपालबीच वार्ता भएको थियो। ओली निकट नेताहरुका अनुसार वार्ता सकारात्मक नभएपछि ओलीले भोलिका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक पनि नरोक्ने भएका छन्।

नेपालले ओलीले एक्लौटी बैठक बोलाएको भन्दै भोलिको बैठक रोकेर संवाद गर्नुपर्ने बताएका थिए। नेपालको प्रस्तावलाई भने ओलीले अस्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell