PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

महाराष्ट्रको एक कोभिड सेन्टरमा आगो लाग्दा १३ जनाको मृत्यु



महाराष्ट्रको एक कोभिड सेन्टरमा आगो लाग्दा १३ जनाको मृत्यु

महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभड सेन्टरमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ। बसाई भिरार म्युनिसिपाल लिमिट्ले यसबारेमा पुष्टि गरेको भारतीय समाचार संस्था एएनआइले जनाएको छ।

शुक्रवार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको बताइएको छ। घटनापछि उक्त सेन्टरमा रहेको बिरामीलाई नजिकैको अस्पतालमा लगिएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी रहेको भारतीय समाचार संस्थाहरुले जनाएको छ।

यसअघि भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको थियो। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell