PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

बालिकाबारे शेरधन पत्नी जाङ्मुको प्रश्न, 'फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत?'



बालिकाबारे शेरधन पत्नी जाङ्मुको प्रश्न, 'फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत?'

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबीसमेत गरेकी छन्।

'मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि चरित्रहत्या मात्र होइन, उहाँको व्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुँदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुँदै आएको छ,' उनले फेसबुकमा लेखेकी छन्, 'मेरो श्रीमानले पीडित बनाएको एउटा सानोमात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु!'

सामाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत...

Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021

दोलखाकी एमाले कार्यकर्ता बालिका खड्काले शेरधनविरुद्ध आफूलाई शारीरिक शोषण गरेको आरोप लगाउँदै आएकी छन्। बिहीवार थापाथलीस्थित एमालेको नयाँ पार्टी कार्यालयमा समेत खड्काले मुख्यमन्त्री राईविरुद्ध तथानाम भनेकी थिइन्। उक्त सामग्री सामाजिक सञ्जालमा आएपछि शेरधनपत्नी जाङ्मुले उक्त प्रतिक्रिया जनाएकी हुन्। जाङ्मुले बालिका आफैले शेरधन निर्दोष रहेको कागज गरिसकेको उल्लेख गर्दै यस्तो हर्कत नगर्न चेतावनी दिएकी छन्। 'स्वयं त्यही महिलाले उहाँ निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यालय र मिडियाहरुमा स्वयंको हस्ताक्षरमा लिखतहरु सार्वजानिक गरिसकेकी छिन्। तर फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने?' उनले थप भनेकी छन्, 'नियोजित, प्रायोजित ढंगबाट अरु कुनै केही गल्ती कमजोरी नपाएर, आफ्नो राजनीतिक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिवाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell