PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माधव नेपाललाई धरहरा देखाउँदै कारवाहीबारे यसो भनेका थिए अध्यक्ष ओलीले



सुमित मिश्र

माधव नेपाललाई धरहरा देखाउँदै कारवाहीबारे यसो भनेका थिए अध्यक्ष ओलीले

जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको बताएका छन्। उनले हिजोमात्र आफूलाई केपी ओलीले धरहरा हेराएर आफ्नो दम्भ देखाएको आरोप लगाए।

शुक्रवार जनकपुरधामस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीमा दम्भ अहिले धरहराको भन्दा माथि भर्‍याङ उक्लेर चढेको र उनको दम्भ अर्थविहीन रहेको बताए। ‘त्यसो पनि उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो। धरहरा हेरेर आफ्नो दम्भ हेराउँदै हुनुहुन्थ्यो। उहाँको दम्भको कुनै अर्थ छैन,’ नेपालले भने, ‘हामी आन्दोलन छोडँदैनौ, पार्टी छोडँदैनौँ, संघीयता त्याग्दैँनौ, यस देशको संविधानको मुल मर्म र भाव अनुसार अगाडि बढ्छौँ। कुनै व्यक्तिको मुख हेरेर हैन जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ।’

केपी ओलीको विचार गलत रहेको भन्दै उनले सवाल नाम र पार्टी चिन्ह मुल नरहेको समेत बताए। नेपालले भने, ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुल कुरा होइन, विचार मुल कुरा हो विचारले नै सहि बाटो हेराउँछ। गलत विचारले गलत निश्कर्षमा पुर्‍याउँछ। त्यसैले हामी सहि विचारको पक्षमा उभिएका छौं।’

सुरुमा आफ्नो निवासमा भेट गर्न बोलाए पनि होटेल मेरियटमा भेट गर्न पुगेका माधव नेपालले बैठकमा कुराकानी भएपछि केही आशा जागे पनि बालुवा पेलेर तेल निक्लने नभएको बताए। उनले भने, ‘अस्ति म होटेलमा गएको थिए, कुराकानी पनि भयो। मलाई केही आशा जागेको थियो, मैले अध्यक्ष पद र प्रधानमन्त्री पद पनि खोस्न नखोजेको बताएको थिए। तर पार्टीको सिस्टमको आधारमा चल्नु पर्ने भने।’

आशा जागे पनि हिजो होटेलमा बस्नु भन्दा पहिले पार्टी स्थापना दिवको उपलक्ष्यमा आफूहरुलाई कसेर लगेको बैठकमा आफ्नो स्वेत देखाएको बताए। नेपालले भने, ‘मैले भनेको थिए अब जेठ २ गतेमा फर्कौं कमरेड, पार्टी एकताबद्ध मिलेर बनाउँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ। तर उहाँले हैन जुन निर्णय भइसकेको छ त्यसैलाई मान्नु पर्ने अडान लिनु भो र भन्नु भो तपाई किन आउनु भएन?’

माधव पक्षमा लागेको भन्दै विभिन्न जिल्लाका अध्यक्षहरुलाई हटाएको कुरामा समेत केही सुन्न नचाहेको भन्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टी एकता पक्षमा नरहेको आरोप लगाए। उनले हिजोको बैठकमा ओलीले आफू विरुद्धको ६ महिनाको कारवाही सम्बन्धमा विचार गर्न सकिने भनेको भन्दै भने, ‘तपाईले मलाई पार्टीबाट निकाल्ने? यो माधव नेपालले आन्दोलन र संगठन दुइटै सञ्चालन गर्दै आएका छन्। कसैले निकालेमा निस्कनेबला छैन। आन्दोलन र संगठनबाट निष्कनेवाला छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell