PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट



फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ।

एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो।

वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रस्तावका पक्षमा मतदान गरेका उनीहरुलाई पार्टीको सदस्यता र सांसद पद नरहने गरी कारवाही गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

त्यस्तै, झुक्किएर मुख्यमन्त्री शाहीको पक्षमा मत दिएको स्पस्टीकरण दिएकी सांसद देवी ओलीले सभामुखले निर्धारण गरेको समयभित्रै मत सच्याईएकी थिइन्। महाधिवेशन कमिटी बैठकले उनलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि नेकपा कर्णाली प्रदेशसभा संसदीय दलले सांसद ओलीलाई स्पस्टीकरण सोधेको थियो भने फ्लोर क्रस गरेका चार सांसदलाई कारवाहीका लागि सिफारिस गरेको थियो।

फ्लोर क्रस गर्ने एमालेका सबै सांसद माधवकुमार नेपाल समूहका हुन्। मुख्यमन्त्री शाहीले माओवादी केन्द्रको १२, नेपाली कांग्रेसको ६ र एमालेको चार मत गरी २२ मत पाएका थिए। उनको विपक्षमा १५ मत खसेको थियो। एमालेका चार सांसदले फ्लोर क्रस गरेकै कारण मुख्यमन्त्री शाहीको पद जोगिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell