बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका रहेका छन्। बुटवलका मात्रै १ सय १५ जना रहेका छन्। जसमध्ये ५१ महिला र ६४ पुरुष रहेका छन्।
यस्तै सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन्।
आज थपिएका २ सय २७ संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन्।
रुपन्देहीमा हाल उपचाररत सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय ११ पुगेको छ। जिल्लामा अहिलेसम्म १ सय ६५ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन्।