PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

धरहराको उद्घाटन, सर्वसाधारणका लागि भने ८ महिनापछिमात्र खुल्ने



धरहराको उद्घाटन, सर्वसाधारणका लागि भने ८ महिनापछिमात्र खुल्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नव निर्मित धरहराको उद्घाटन गरेका छन्। शनिवार एक समारोहका बीच प्रधानमन्त्री ओलीले शिलालेखको अनावरण गरेर धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि २० तल्लामा रहेको बर्दालीमा पुगेर पुष्पवृष्टि गरे।

रिवन काटेर धरहरा प्रवेश गरेका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टि गरेका हुन्। ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकन गरेका थिए।

प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन, २० औं तल्लामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि

प्रधानमन्त्री ओलीले उद्घाटन गरे पनि यो सर्वसाधरणको लागि खुला भने हुनेछैन। किनभने धरहराको आसपास अन्य संरचनाको काम सकिएको छैन। करिब ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

हाल यी सबै कामहरुलाई पूरा हुन बाँकी हुँदा पनि धरहराको नयाँ स्वरुपमात्रै उद्घाटन गर्न लागिएको हो। पहिला साढे ४ रोपनीमा फैलिएको धरहरा अब ४२ रोपनीमा फैलिँएको हो। त्यसका लागि त्यहाँ रहेको टक्सार र हुलाकको कार्यालय हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell