PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान



धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन भएको खुसीयालीमा काठमाडौंबासीलाई आज साँझ दीपावली गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै यस्तो आह्वान गरेका हुन्।

'काठमाडौंबासीले अब दीपावली गर्नुहुन्छ होला। यस्तो एतिहासिक दिनमा आआफ्नो घरमा दीपावली गर्नुहुन आग्रह गर्दछु,' ओलीले भने। धरहरा काठमाडौं चिनिने र नेपाल चिनिने प्रतीक भएको उल्लेख गर्दै यस खुसीयालीमा दीपावाली गर्नुपर्ने बताएका हुन्।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले धरहरा निर्माणमा खटिएका सबैलाई धन्यवाद तथा बधाई दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell