वीरगंज : पर्सामा एक वयस्क पाटे बाघ मृत फेला परेको छ। शनिवार साझ ठोरीको जंगल क्षेत्रमा मृत अवस्थामा बाघ फेला परेको स्थानीयहरुले जानकारी गराएका छन्।
ठोरी गापा–३ रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ मृत भेटिएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए। सामुदायिक वनमा गाएको गोठालाहरुले मरेको बाघ देखेपछि उपभोक्ता समिति र प्रहरीलाई खबर गरेका थिए।
मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको छ। बाघको मृत्युको कारण भने खुलिसकेको छैन। तर सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए।