PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास जारी छ, चुनाव पनि चाँडै हुन्छ : प्रकाशशरण महत



कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास जारी छ, चुनाव पनि चाँडै हुन्छ : प्रकाशशरण महत

  • फूलमान तामाङ-

इन्द्रावती : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले चाँडै नै निर्वाचन हुने बताएका छन्। आइतवार सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकको वडा १ मा निर्मित गुम्बा पार्कको उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्।

सहमहामन्त्री महतले केपी ओलीलाई सरकारबाट हटाउन कांग्रेसले प्रयास जारी राखेकोसमेत बताए। 'अब ढिलोचाँडो निर्वाचन हुन्छ। हामीले त यो अगाडि नै ओली सरकालाई हटाउ। अरु दलहरु मिलौं। काँग्रेसको नेतृत्वमा सरकार बनाउँ र त्यो सकारले निर्वाचन गर्‍यो भने स्वतन्त्र र निष्पक्ष निर्वाचन धाँधलीरहित हुन्छ भनेर भनेको छौ,' महतले भने, 'तर हामीले भनेर मात्र हुँदैन। पुग्यो भने सरकार बनाउँछौं।'

अब हुने निर्वाचनमा सिन्धुपाल्चोकका दुबै क्षेत्रबाट कांग्रेस प्रतिनिधिलाई जिताएर पठाउनसमेत उनले आग्रह गरे। 'चाँडै नै निर्वाचन हुँदैछ। ती आगामी निर्वाचनमा दुबै क्षेत्रमा नेपाली काँग्रेसले जित्नुपर्छ। काँग्रेसलाई जिताएर पठाउनुहोला,' महतले भने।

कांग्रेस कामप्रति समर्पित हुने वाचा गर्दै ओली सरकारले जनतालाई धोका दिएको आरोप उनले लगाए। काम पुरा नगरी धरहरा उद्घाटन गरेर ओलीले आफूलाई भीमसेन थापासँग तुलना गरेकोप्रतिसमेत महतले असन्तुष्ति जनाए।

उनको प्रश्न थियो, 'कहाँ भीमसेन थापा, कहाँ केपी ओली?'

ओली सरकार तासको खालमा गफ हान्ने मान्छेजस्तै भएको उल्लेख गर्दै महतले जनता पनि उनको कुरामा मक्ख परेको तर्क गरे। 'कुरा गर्ने सरकार हो यो। गफ गर्न सिपालु। गाउँघरमा काम नगर्ने अनि तासको खालमा चिया खालमा ठूलो गफ हान्दिन्छ। त्यस्तै देश सञ्चालन गर्ने ओलीजी गफ गर्न सिपालु छन्। काँग्रेसका नेताहरुले सक्दै सक्दैनन्। हो कि जस्तै पार्दिन्छन्। अनि हामीले हो कि क्या हो भन्ठान्छौ,' महतले भने।

जनताले पत्याएर पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको तीन वर्षमै कम्युनिस्ट सरकारमा मारामार चलेको उल्लेख गर्दै महतले अब उनीहरुलाई जनताले हराउनैपर्ने बताए।

'अहिले हेर्नुस् मारामार चलिरहेको छ। कामको लागि होइन। देशको बजेट राजश्वमा कसको हात हाल्ने भनेर मारामार भयो। त्यही विवादमा पार्टी फूट्यो। जनतालाई धोका दिए। गफले हाम्रो पेट भरिदैन। हामीलाई काम चाहिन्छ। त्यो कुरा स्पष्ट ढंगले काँग्रेसले राख्नुपर्छ,' महतले थपे, 'तीन वर्षमै संसद विघटन। माराकाट। झगडा सत्ताको लागि हानाथाप लुछाचुडी। अब फेरि यस्तो देख्ने हाम्रो इच्छा छैन भन्नुहोला।'

सहमहामन्त्री महतले गाउँपालिका अध्यक्ष वंशलाल तामाङको कार्यको प्रशंसा गर्दै कांग्रेसले गफभन्दा काम गरेर देखाउने बताए। उद्घाटन कार्यक्रम वडाध्यक्ष श्री लामाको सभापतित्वमा सम्पन्न भएको थियो। ४६ लाख ६९ हजार लागतमा उक्त गुम्बा पार्क निर्माण भएको समितीका अध्यक्ष आइतमान तामाङ (मिलन) ले बताए।

कार्यक्रममा विशेष अतिथि जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell