PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

२५ तले धरहरा मुनि २५ जनाको मेला !



रवीन्द्र मानन्धर

२५ तले धरहरा मुनि २५ जनाको मेला !

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको नयाँ धरहरा कति तलेको हो ? कसैले ११ तला रे, कसलैले २२, कसैले २५ ! सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकोले २५ तले धरहरा भनिएको होला समेत भने। वास्तवमा यो धरहरा बाहिरबाट ११ तले देखिन्छ। भित्रबाट चाहिँ २२ तले रे। अझ जमिन मुनिको तीन तल्ला गणना गर्ने हो भने २५ पुग्ने रहेछ। यही २५ तल्ले धरहरा उद्घाटन गर्दा सयौं मानिस भेला भए। सरकारले २५ जना मात्रै भेला हुन भनेको थियो। सरकार प्रमुखले नै २५ भन्दा बढी मानिस लिएर आए कार्यक्रममा। प्रधानमन्त्रीले नै २५ भन्दा बढी मानिस ल्याएपछि मन्त्री, सांसदहरु एक्लै आउने कुरा भएन। अझ जनता पनि के कम। एक्लै कसरी आउनु?  त्यसैले २५ तले धरहरा हेर्न २५ जनाको समूह समूहमा मेला नै लाग्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell