PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

प्रम ओलीलाई कमल थापाको सुझाव : उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुस्



प्रम ओलीलाई कमल थापाको सुझाव : उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुस्

काठमाडौं: राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ नियन्त्रणमा केन्द्रीत हुन सुझाएका छन्।

उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

थापाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।

'कोरोना अनियन्त्रित र विकराल बन्दैछ,' उनले भनेका छन्, 'यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दु:खको बेला जनता भरोसा खोजिरहेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell