PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने



नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने
फाइल तस्विर

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ।

नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ। 

नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य भोलिदेखि नै सुरु भइ एक हप्ताभित्र सम्पन्न भइसक्ने बताएकी छिन्। उक्त ५० शैय्याको अक्सिजनसहित आइसोलेसन नेपालगन्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप-प्रमुख थापा मगरले बताइन्।

आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने भएको छ। उपमहानगरपालिका आफ्नै लगानीमा उक्त अक्सिजनसहित आइसोलेसन बनाउन लागेको हो।

यसका साथै नेपालगन्जको कोरोनाको अवस्थाबारे प्रदेश र संघीय सरकारसँग थप मद्दतका लागि ध्यानाकर्षण गराइने उप-प्रमुख थापा मगरको भनाइ छ।

उपमहानगरपालिकाले नेपालगन्जभित्रका होम आइसोलेसनमा कोरोना संक्रमितको डाटा तयार गरि अनुगमन समेत गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell