PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मास्क नलगाइ हिँड्नेहरुलाई कीर्तिपुरमा 'होल्डिङ जोन'



मास्क नलगाइ हिँड्नेहरुलाई कीर्तिपुरमा 'होल्डिङ जोन'

काठमाडौं : देशका अधिकांश जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारी पक्ष छलफलमा रहेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारीहरु आज कोभिड-१९ को वर्तमान अवस्थाको बारेमा छलफलमा जुट्दैछन्। यसबिच सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिरहेको छ।

मास्कको अनिवार्य प्रयोग गर्न र सकेसम्म स्यानिटाइजर र साबुन पानीको प्रयोग गर्न आग्रह गरिएको छ। सार्वजनिक यातायातमा समेत मास्क अनिवार्य गरिएको छ। तर पनि अझै धेरै मानिस मास्कको प्रयोग नगरी हिँडिरहेका देखिन्छन्।

यता कीर्तिपुरमा मास्क नलगाइ हिँड्नेहरुलाई कारवाही स्वरुप होल्डिङ सेन्टरमा राखिने भएको छ। लकडाउनको बेलामा बिना कारण हिँड्नेहरुलाई यसरीलाई होल्ड गर्ने गरेकोमा अहिले फेरि मानिसहरुलाई सचेत गराउन यसरी होल्डिङ सेन्टर बनाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell