PahiloPost

Jul 3, 2024 | २० असार २०८१

चिनियाँ निर्देशक चाउलाई अस्करमा 'बेस्ट डाइरेक्टर' अवार्ड



चिनियाँ निर्देशक चाउलाई अस्करमा 'बेस्ट डाइरेक्टर' अवार्ड
फोटो : CNN

चिनियाँ निर्देशक क्लोइ झोउ अस्कर अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। नोम्याडल्यान्डकी निर्देशक चाउलाई पहिलोपटक अस्कार अवार्ड मिलेको हो।

यसरी अवार्ड पाउने उनी पहिलो एसियाली कलाकार हुन्। त्यसो त बेस्ट डाइरेक्टरको अवार्ड पाउने उनी दोस्रो महिला भएको बताइएको छ।

उत्कृष्ट निर्देशकका लागि चाउसहित, ली आइज्याक चङ (मिनारी), एमेरेल्ड फिनाल (प्रोमिसिङ यङ वुमन), थमस भिन्टरवर्ग (एनदर राउन्ड) र डेभिड फिन्चर (म्यांक) नोमिनेसमा परेका थिए।

नोम्याडल्यान्ड अमेरिकाका मध्यमवर्ग र निम्नवर्गका मानिसले आर्थिक अवस्थाका कारण भोग्नुपरेको पीडा तथा जीवनको संघर्षलाई काव्यिक रूपमा प्रस्तुत गरेको छ। उक्त फिल्म अस्करको चार विधामा नोमिनेसनमा परेको थियो।

यस फिल्मको कथा अमेरिकी पत्रकार जेसिका ब्रुडरको गैरआख्यान कृति नोम्याडल्यान्ड: सर्भाभिङ अमेरिका इन द ट्वान्टीफर्स्ट सेन्चुरीमा आधारित छ। उक्त पुस्तकमा ब्रुडरले सन् २००८ मा आर्थिक मन्दीको स्थिति आएपछि वृद्ध अमेरिकीहरू कामको खोजीमा घुमन्ते जीवन बिताएको विषय उठाएकी छन्। नोम्याडल्यान्डले यसअघि पनि विभिन्न उत्कृष्त अवार्डहरु जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell