PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रहेनन् नेशनल अवार्ड विजेता सम्पादक वामन भोंसले



रहेनन् नेशनल अवार्ड विजेता सम्पादक वामन भोंसले

भारतको नेशनल अवार्ड विजेता वामन भोंसलेको निधन भएको छ। धेरै बलिउड फिल्मका सम्पादन गरिसकेका ८९ वर्षीय भोंसलेको मुम्बईमा निधन भएको हो। फिल्मनिर्देशक सुभाष घईले भोंसलेको मृत्यु भएको पुष्टि गरेका छन्।

भोंसलेलाई सन् १९७८ मा विनोद खन्ना र विद्या सिन्हा अभिनित फिल्म 'इनकार' बाट उत्कृष्ट सम्पादकको नेशनल अवार्ड जितेका थिए। साथै उनले सन् १९९२ मा रिलिज भएको सुभाष घई निर्देशित 'सौदागर' बाट पनि फिल्मफेयर अवार्ड जितेका थिए।

१९५२ मा मुम्बई आएका उनले फिल्मिस्तान स्टुडियोमा १२ वर्षसम्म सहायक सम्पादकको रुपमा काम गरेका थिए।

उनले 'मेरा गांव मेरा देश, दो रास्ते, इनकार, दोस्ताना, गुलाम, अग्निपथ, हिरो, कालीचरण, राम लखन र सौदागर' लगायतका फिल्महरुको सम्पादन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell